लुटपाट गरेको आरोपमा पक्राउ
काठमाडाैं | असोज ९, २०८१
बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

